विप्लवका रौतहट इन्चार्ज पार्टी कारबाहीमा

विप्लवका रौतहट इन्चार्ज पार्टी कारबाहीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारी र नारायणी ब्युरो सदस्य देव घिमिरे ‘रमण’ लाई पार्टीले कारवाही गरेको छ । पार्टीले उनीहरुलाई पार्टीमा साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो ।

नेकपाको नारायणी ब्युरो इन्चार्ज मिलनले एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले पार्टी नीति विपरित कार्य गरेकोले कारवाही गरिएको बताएका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टी पद्धतिअनुसार विगतमा रुपान्तरणको लागि आवश्यक कदम चालेको तर रुपान्तरणक हुनुको साटो नीति विपरित पार्टीलाई गम्भीर आँच आउने कार्य गरेको पाइएकोले कारवाही गरिएको हो ।’

अधिकारीसहित ३ जनाले गत आइतबार ललितपुर जिल्ला प्रशासन कार्यालयमा हिंसाको बाटो परित्याग गरेको भन्दै आत्मसर्मपण गरेका थिए । आत्मसर्मपण गरेका उनलाई दैनिक प्रहरीमा हाजिर हुने गरी छोडिएको छ ।

विप्लव नेतृत्वको नेकपाका मध्यमकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’सँगै पक्राउ परेका अधिकारी खानेपानीमन्त्री बिना मगरका पूर्व पति हुन् ।