काठमाडौं – सुन्तली फाउन्डेसनको पहलमा चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको कम्पाउण्डको बारमा डोजर चलाउनेमाथि नेकपाले कारवाही गरेको छ ।
नेकपा चितवनले घटनाका मुख्य नाइके तथा पार्टीका सदस्य प्रकाश कँडेललाई पार्टीबाट निलम्बन गरेको हो ।
नेकपा चितवनले बिहीवार एक विज्ञप्ति जारी गर्दै बारमा डोजर चलाउनेमाथि कानूनी कारवाही गर्न समेत सरकारसँग माग गरेको छ ।
‘धुर्मुस–सुन्तली फाउन्डेसनले देश तथा विदेशमा रहेका आम नेपालीको आर्थिक सहयोगमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय रंगशाला चितवनको मात्र नभइकन नेपालकै गौरव हो’ नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’ हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, । ‘घटनाका मुख्य नाइके पार्टीका सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्बन गरी कारवाही गरिएको छ भने अर्का पाटीका सदस्य भैरव बस्ताकोटीलाई दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको छ ।’




प्रतिक्रिया