काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली भारतको दिल्ली प्रस्थान गरेका छन् । उनी आज (बिहीबार) दिउँसो १ः३५ को नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोह कार्यक्रममा सहभागी हुन दिल्ली गएका हुन् ।
प्रधानमन्त्री ओलीले भारतका नवनिर्वा्चित प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा सहभागी भई उनलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
ओली दिल्लीलाई विदाई गर्न विमानस्थलमा सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका मन्त्री तथा नेकपाका नेताहरु पुगेका थिए । ओली शुक्रबार स्वदेश फर्किनेछन् ।




प्रतिक्रिया