सरकारले ल्याएको बजेटप्रति काँग्रेस असन्तुष्ट

सरकारले ल्याएको बजेटप्रति काँग्रेस असन्तुष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले आव २०७६–७७ का लागि ल्याएको बजेटप्रति असन्तुष्ट व्यक्त गरेको छ ।

नेपाली काँग्रेस संसदीय दलको बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट जनताको चाहना विपरित हुने गरी आएको भन्दै असन्तुष्ट जनाएको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले रोजगारीको अवसर बढाउने, मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने, उत्पादन वृद्धि गर्ने भन्दा पनि बजेट जनतालाई थप ऋणको भार थोपर्ने गरी आएको बताए ।

बैठकमा काँग्रेस सांसदहरुले वितरणमुखि यो बजेटले मुलुकलाई विकसित र समृद्ध बनाउन नसक्ने दावी गरेका थिए । काँग्रेस संसदीय दलले सांसदहरुका लागि विनियोजन गरिएको ६ करोड बजेट दुरुपयोग गरे तत्काल विरोध गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा काँग्रेस सांसदहरुले वितरणमुखि यो बजेटले मुलुकलाई विकसित र समृद्ध बनाउन नसक्ने दावी गरेका छन् ।