नयांदिल्ली – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई प्रधानमन्त्रीको विचमा विहिवार मात्र वान टु वान र द्धिपक्षीय भेटवार्ता हुने भनिएपनि बुधवार नै भेटवार्ता भएपछि यो भेटलाई अर्थपुर्ण रुपमा लिइएको छ । प्रधानमन्त्री भएपछन पहिलो पटक भारत भ्रमणमा गएका प्रधानमन्त्री देउवालाई बुधवार विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिईन् ।
मोदी र देउवाविचको भेटलाई ‘वार्मअप’ भेट भनिएको छ । स्रोतकाअनुसार भारतीय प्रधानमन्त्री मोदीले भेटको प्रस्ताव गरेपछि दुई प्रधानमन्त्रीबीच २५ मिनेट छलफल भएको हो । प्रधानमन्त्री देउवाको भेट सेभेन रेसकोर्स रोडस्थित मोदी निवास भएको हो
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलले दुवै प्रधानमन्त्रीबिच भेटवार्ता भएको बताए । उनकाअनुसार दुवै नेताबीच औपचारीक भेटवार्ता भने विहिवार हुनेछ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा यस्तो लेखेका छन्– ‘निकटको साथी नेपालको प्रधानमन्त्री शेरबहादुर देउवा जीलाई भेट्दा निकै खुसी लागेको छ । भोलि थप व्यापक वार्तालाप हुनेछ ।’
पाच दिने भारत भ्रमणको क्रममा दिल्ली पुगेका प्रधानमन्त्री देउवाले विहिवार भारतिय प्रधानमन्त्री मोदीसहित गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेट्लीसंग भेटवार्ता गर्दैछन् ।




प्रतिक्रिया