काठमाडौं – पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राई नेकपामा प्रवेश गर्ने भएका छन् । अहिले बिहान १० बजे धुम्बाराहीस्थित नेकपाको पार्टी कार्यालयमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको नेताहरूले बताएका छन् ।
उनी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य हुन । राईसहित विप्लव समूहका अन्य केही नेता पनि सत्तारुढ नेकपामा प्रवेश गर्ने बताइएको छ ।
भोजपुरको बोया घर भएका राई जनयुद्धकालदेखि नै माओवादीमा संगठित थिए । पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेर उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए ।
एकीकृत नेकपा माओवादी विभाजन भएपछि उनी मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा माओवादीमा लागेका थिए। वैद्यको पार्टी पनि फुटेपछि उनी विप्लव समूहमा लागेका थिए ।




प्रतिक्रिया