भाँचिएको कुर्सी देखाउँदै सांसदले भनेः सभामुख महोदय ! चार पटक भयो लडेको

भाँचिएको कुर्सी देखाउँदै सांसदले भनेः सभामुख महोदय ! चार पटक भयो लडेको

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक सांसदले संसद भवनका कुर्सी भाँचिए पनि मर्मत नगरिएको भन्दै आपत्ति जनाएका छन् ।

संसद बैठकमा सांसद खगराज अधिकारीले कुर्सी उठाउँदै भने, ‘सम्माननीय सभामुख महोदय चार पटक भयो म यहाँबाट लडेको ।’ अहिलेसम्म दुर्घटना भएको छैन बचिएको छ भन्दै उनले यो कुर्सी बनाउन संसद सचिवालयलाई कतिपटक भन्नु पर्ने हो भन्दै प्रश्न गरे ।’

संसद सचिवालयले आगामी दिनमा कम्तिमा यस्ता कुर्सीहरु नराखियोस् यो त धराप भयो’, उनले भने, यो त गम्भित र आपत्तिको विषय भएकोले ज्यान जोगाइ पाउँ भन्नु पर्ने अवस्था आयो ।’

अधिकारीले आफ्नो कुरा राखिसकेपछि सभामुख कृष्णबहादुर महराले आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताए ।