राजपा सांसदको प्रश्नः जनतालाई जबरजस्ती मनाउन मात्रै बनाएको हो यो संविधान ?

राजपा सांसदको प्रश्नः जनतालाई जबरजस्ती मनाउन मात्रै बनाएको हो यो संविधान ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लोकसेवा आयोगले कर्मचारी पदपूर्तिका लागि आह्वान गरेको विज्ञापन संविधानले गरेको व्यवस्था विपरित भएको भन्दै राष्ट्रिय जनता पार्टी (राप्रपा)ले गम्भीर आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै राजपाका सांसद लक्ष्मणलाल कर्णले लोकसेवा आयोगले संघीय कर्मचारीको मात्रै नियुक्ति गर्नुपर्नेमा समग्र मुलुकभरका लागि विज्ञापन आव्हान गरिएको भन्दै सरकार र संवैधानिक निकायले संविधानको कार्यान्वयन नगरेको आरोप लगाए ।

उनले संविधान विपरित लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको भन्दै सच्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उनले भने, ‘न्यायपरिषद्ले न्याय परिषद् ऐनको वास्ता गर्दैन, अहिले सम्म निकालेको कही समानुपातिक समावेशी छैन । मन्त्रिपरिषद्ले राजदूतहरुको नियुक्ति गर्छ समानुपातिक समावेशी हुँदैन । संवैधानिक परिषद्ले नियुक्ति गर्छ विभिन्न आयोगको समानुपातिक समावेशी हुँदैन अहिले त ९ हजार भन्दा बढी सिट लोकसेवा आयोगले निकालिरहेको छ । लोकसेवा आयोगले पनि नमान्ने यो संविधानलाई अब यो संविधान कसले मान्ने ? आयोगले नमान्ने । सरकारले नमान्ने । न्यायपरिषद्ले पनि नमान्ने हो भने कसले मान्ने यो संविधान ? यदि सरकारले नै मान्दैन, संवैधानिक आयोगले नै संविधान मान्दैन भने जनताले मात्रै मान्ने यो संविधान ? जनतालाई जबरजस्ती मनाउन मात्रै बनाएको हो यो संविधान ?’

लोकसेवा आयोगले निकालेको विज्ञापनको विरोध भइँरहदा पनि सच्याउनुको सट्टा आफुले गरेको काम ठिक भनेको भन्दै उनले आक्रोश पोखे । उनले प्रदेशमा पनि लोकसेवा आयोग रहने व्यवस्था संविधानमा गरिएको तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए ।