ललिता निवासको जग्गा प्रकरण : दोषीलाई जोगाउन चलखेल

ललिता निवासको जग्गा प्रकरण : दोषीलाई जोगाउन चलखेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बालुवाटारस्थित ललिता निवासको हड्पिएको जग्गा फिर्ता सम्बन्धमा तयार पारिएको प्रस्तावमै बद्नियत देखिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले त्यसलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमै फिर्ता पठाइदिएको छ।

व्यक्तिले हड्पेको ललिता निवास परिसरको करिब एक सय १४ रोपनी जग्गा फिर्तासम्बन्धमा भूमि व्यवस्था मन्त्रालयबाट टिप्पणी उठाएर मन्त्रिपरिषद बैठकमा पेस गर्न प्रस्ताव पठाइएको थियो। मुख्यसचिव लोकदर्शन रेग्मीले उक्त प्रस्ताव अपरिपक्व रहेको भन्दै थप सुधार गरेर पठाउन मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

मन्त्रिपरिषद कार्यालय उच्च स्रोतका अनुसार भूमि व्यवस्था मन्त्री पद्मा कुमारी अर्यालले सदर गरेर पठाएको फाइल मन्त्रालयमै फिर्ता गर्नुका साथै थप कानुनी परामर्श गरेरमात्रै पेस गर्न निर्देशन दिइएको छ। मुख्यसचिव रेग्मीले कृष्णप्रसाद भट्टराई (२०४७), माधवकुमार नेपाल (२०६६) र डा बाबुराम भट्टराई (२०६९) नेतृत्वका मन्त्रिपरिषदबाट भएका सबै निर्णय फिर्ता हुनेगरी प्रस्ताव तयार पार्न निर्देशन दिएको स्रोतको दाबी छ। यो खबर नागरिक दैनिकमा छ ।