बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा ३ जनाको नाम सिफारिस

बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा ३ जनाको नाम सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस भएको छ।

शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न समितिले प्रारम्भिक संक्षिप्त १२ जनाको सूचीबाट ३ जनाको नाम सिफारिस गरेको हो।

मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल नेतृत्वको सिफारिस समिति सचिवालय बैठकले वैशाख १४ गते नाम सिफारिस गरेको हो।

पहिलो नम्बरमा कास्कीकोट कास्कीका डा. विकास अधिकारी सिफारिस भएका छन् भने दोस्रो नम्बरमा बैतडीका डा. आनन्द सिंह भाट र तेस्रो नम्बरमा सिरहाका संगीता यादव सिफारिस भएका छन् ।

समितिको कार्यकारी अध्यक्षका लागि दरखास्त दिन मन्त्रालयले कात्तिक २७ गते सूचना गरेको थियो।