प्रधानमन्त्री दिल्ली गएकै दिन गुप्तचरमा यस्तोसम्म भयो गोलमाल

प्रधानमन्त्री दिल्ली गएकै दिन गुप्तचरमा यस्तोसम्म भयो गोलमाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ– राष्ट्रिय अनुसन्धान विभागले पांच जना एसएसपीलाई डिआईजीमा बढुवा सिफारीस गरेको छ । गृहमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार गृहमन्त्रायद्धारा गठित बढुवा समितिले एसएसपीहरु हुतराज थापा,कुलदेव थापा,हरिहर पौडेल, ओम जोशी र सुनिल ढकाललाई डिआईजी बढुवामा सिफारीस गरेको हो । गूप्तचरमा लामो समयदेखी डिआईजीको दरबन्दी रिक्त रहेको थियो । बढुवा सिफारीस समितिले एसएसपीमा बढुवा भएको दुई बर्ष नपुेगका एसएसपी हुतराज थापालाई पनि नियमविपरीत एक नम्बरमा बढुवा सिफारीस गरेको छ ।  उनी २०७२ मंसिर २२ एसएसपीमा बढुवा भएका थिए ।

 

गुप्तचरको विशेष सेवा नियमावली २०७२ को ५.३ को १ सरुवा बढुवासम्बन्धी नियममा  अनुसन्धान निर्देशक बन्न तल्लो तहमा तीन वर्ष अवधी पुगेको हुनुपर्ने उल्लेख छ । तर,अनुसन्धान निर्देशक पदपुर्ती गर्न आवश्यक भएको अवस्थामा तीन वर्ष नपुगेमा २ वर्ष नोकरी अवधी पुगेको उम्मेदवारलाई सरकारले पदमा नियुक्त गर्न सक्ने व्यवस्था छ ।
गृहमन्त्री जनार्दन शर्माले पदमा बहाली भएपछि कुनै पनि पद एक महिनाभन्दा वढी रिक्त हुन नदिने घोषणा गरेपनि गुप्तचरमा भने डिआईजीको दरबन्दी ८ महिनाभन्दा बढी समयदेखी रिक्त रहेको थियो ।

 

गृहमन्त्रालयले गठन गरेको बढुवा समितीमा अध्यक्ष गृहसचिव लोकदर्शन रेग्मी छन् भने सदस्यमा मुख्य अनुसन्धान निर्देशक (आईजिपी) दिलीप रेग्मी सदस्य छन् । समितीको सदस्य सचिवमा प्रशासन हेर्ने एआईजी गणेश अधिकारी रहेका छन् । गृहमन्त्रालयको बढुवा समितीले डिआईजी बढुवा सिफारीसमा वरियता मिचेर सिफारीस गरेको उच्च स्रोतले काठमाडौंपाटीलाई बतायो ।

 

बढुवा सिफारीस समितिले गरेको  सिफारीसअनुसार हाल एक नम्वरमा रहेका एसएसपी ओम जोशीलाई चार नम्वरमा, दुई नम्वरमा रहेका कुलदेव थापालाई दुई नम्वरमा,तीन नम्वरमा रहेका सुनिल ढकाल पांच नम्वरमा, चार नम्वरमा रहेका हरिहर पौडेल तेस्रो नम्वरमा बढुवा सिफारीस भएका छन् ।

एसएसपी जोशी,थापा, ढकाल र पौडेलभन्दा चार महिनापछि एसएसपीमा बढुवा भएका एसएसपी हुतराज थापालाई भने एक नम्वरमा बढुवा सिफारीस गरिएको  छ ।  उनिहरु चारै जना २०७२ साउन २२ गते एसएसपीमा बढुवा भएका थिए ।  रोल्पा घर भएका थापालाई बढुवा गर्न परराष्ट्रमन्त्री समेत रहेका माओवादी नेता कृष्णबहादुर महराले दबाव दिएको स्रोतको दाबी छ । एसएसपी थापा पंचायतकालिन नेता बाला घर्ती मगरका स्वकिय सचिव समेत थिए ।

 

अनुसन्धान विभागका प्रमुख रेग्मीले पनि थापालाई नै बढुवा गर्न लामो समयदेखी रिक्त डिआईजीको बढुवा प्रक्रिया रोकेको यसअघि नै काठमाडौंपाटीले समाचार प्रकाशित गरेको थियो । संगठन प्रमुख रेग्मीले कार्यदक्ष्ँता र वरियताभन्दा बढी राजनीतिक पृष्ठभुमिका आधारमा व्यवहार गर्न थालेको चर्चा गुप्तचरमा छ । थापा माओवादी निकट मानिन्छन् ।   
गूप्तचरमा तीन महिनापछि एसएसपीमा बढुवा भएका थापालाई वरियता मिचेर एक नम्बरमा बढुवा सिफारीस गरेको गुनासो प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पुगिसकेको छ ।

 

 

प्रधानमन्त्री देउवा दिल्ली गएकै दिन वुधवार गृहमन्त्रालयले बढुवाको लागी सिफारीस भएको टिप्पणीसहितको पत्र मन्त्रीपरिषदमा दर्ता गराएको छ । प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमण नसकिएसम्म बढुवा प्रक्रिया अघी नबढाउन उनले मुख्यसचिवलाई समेत निर्देशन दिइसकेको उच्च स्रोतको दाबी   छ ।  सुरक्षा निकायको बढुवा एक दिन रोक्दा समेत वृति विकासमा अवरोध हुने भन्दै बढुवा प्रक्रिया अघि बढाउन रेग्मीमाथी चौतर्फी दबाव थियो ।

 

“उहाले आफु मन परेका मान्छेलाई मात्र बढुवाको सिफारीस गर्नुहुन्छ, आफुलाई नपर्नेलाई क्ष्ँमतावान र वरियतामा अघि भएपनि त्यसलाई नियतवश नै पछी पार्न लाग्नुहुन्छ । ” गूप्तचरका एक अधिकारीले रेग्मीको गुनासो गर्दै  काठमाडौंपाटीसंग भने ।

 

रेग्मी पनि तत्कालिन एआईजी देवराज भट्टभन्दा तीन वर्ष जुनियर भएपनि एआईजी बढुवामा एक नम्बरमा सिफारीस भएका थिए । तत्कालिन गृहमन्त्री बामदेव गौतमले वरियतामा अघि रहेका भट्टमाथी प्रतिशोध साधेर रेग्मीलाई आईजिपीमा नियुक्त गरेका थिए ।

 

आईजिपी रेग्मीमाथी गूप्तचरमा राजनीतिक रुपमा शक्तिशाली अधिकृतलाई मात्र महत्व दिने गरेको र संगठनको हितमा काम नगरेको आरोप छ । उनले आफुलाई मन नपर्नेलाई सरुवा–बढुवामा समेत अन्याय गरेको गुनासो गृहमन्त्री शर्मालाई पुगेको छ । रेग्मीमाथी वर्खास्तीमा परेका पुर्व अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीलाई नेता,पत्रकार र व्यापारीको व्यक्तिगत विवरण वुझाएको अभियोग समेत   छ ।

एआईजीमा खरेलको नाम बढुवाको लागी सिफारीस
गुप्तचर विभागले डिआईजीमा वरियता मिचेपनि एआईजीमा भने वरियतामा एक नम्बरमा रहेका डिआईजी यदु खरेललाई नै एआईजी बढुवाको लागी सिफारीस गरेको छ । बढुवाको लागी डिआईजी यादव रेग्मी पनि दौडमा भएपनि अन्ततः एआईजीमा एक नम्वरमा रहेका डिआईजी खरेल नै एआईजीमा बढुवा हुने भएका छन् ।