प्रभु बैंकको दुई वटा नयाँ शाखा कार्यालय बल्खु र लमहीमा

प्रभु बैंकको दुई वटा नयाँ शाखा कार्यालय बल्खु र लमहीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–प्रभु बैंक लिमिटेडले काठमाडौं महानगरपालिका १४ बल्खु र दाङको लमही नगरपालिका ५मा शाखा कार्यालयलहरु सञ्चालनमा ल्याएको छ ।काठमाडौं बल्खुस्थित बल्खु शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी र लमही शाखाको लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीले एक समारोहका बीच उद्घाटन गरेका छन् ।

शाखा कार्यालयहरु उद्घाटन गर्दै शिवाकोटी र केसीले प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको बताएका छन् ।

बैंकको शाखा सञ्जाल विस्तारबाट बैंकिङ्ग पहुँचभन्दा टाढा रहेका सेवाग्राहीहरु बैंकिङ्ग पँहुचभित्र आउनुका साथै सम्बन्धित क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने हुनाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्ने अवसर नगुमाउन उपस्थित सर्वसाधारणहरुलाई आग्रह समेत गरे ।