विश्वकप छनाेट खेल्ने क्रिकेटरलाई प्रधानमन्त्रीद्वारा जनही तीन लाख प्रदान


काठमाडौं– आईसीसी विश्वकप छनोट प्रतियोगिता खेल्न शनिबार जिम्बावे जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमकाबीच विदाई गरेका छन्।

बालुवाटारमा आयोजित बिदाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले एक दिवसिय विश्वकपमा छनोट हुने लक्ष्य लिएको नेपाली टोलीलाई शुक्रबार विदाइ गरेका हुन्। ओलीले क्षमताले भ्याएसम्म समग्र खेलकुद विकासमा लागि पर्ने बताए।

कार्यक्रममा डिभिजन टू मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटको यात्रा तय गरेको नेपाली टिमलाई पूर्व घोषित नगद पुरस्कार प्रदान गरिएको छ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा शीर्ष दुई भित्र रहन सफल नेपाली टिमका प्रत्यक सदस्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो साता जनही तीन लाख दिने घोषणा गरेका थिए।

विदाईका क्रममा प्रधानमन्त्री ओलीले सबै खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापन टिमका सदस्यलाई नगद प्रदान गरे। मदन भण्डारी स्पोर्टस फाउण्डेसनले पनि सबै सदस्यलाई १–१ लाख नगदबाट पुरस्कृत गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement