प्रधानमन्त्रीको विरोध गर्ने कांग्रेस सांसदलाई महेश बस्नेतले दिए कडा जवाफ

प्रधानमन्त्रीको विरोध गर्ने कांग्रेस सांसदलाई महेश बस्नेतले दिए कडा जवाफ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण कोरियाको क्रिस्चियन धर्म प्रचारक विश्वविद्यालयले दिएको विद्यावारिधि उपाधि ग्रहण गरेको भन्दै आपत्ति जनाएको छ ।

प्रतिनिधि सभाको मंगलवार बसेको बैठकको शून्य समयमा बोल्दै कांग्रेसका सांसद भरत साहले ओलीप्रति कटाक्ष गरेका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीलाई कोरियाको विश्वविद्यालयले विद्यावारिधि दियो, क्रिस्चियन सम्बन्धी धेरै जानकार र ज्ञाता भएको हुनाले पनि पाउनुभएको होला । त्रिविले पनि सो विद्यालयलाई रातारात मान्यता दिएको छ । प्रधानमन्त्रीलाई शुभकामना र बधाई दिन चाहन्छु ।’

साहको भनाइको प्रतिवाद गर्दै नेकपाका महेश बस्नेतले धर्मनिरपेक्ष राष्ट्रका सांसदलाई क्रिस्चियन धर्म विरोधी चढेको भूतलाई हटाउन सुझाव दिए । उनले भने, ‘हामी धर्म निरपेक्ष मुलुकका नागरिक हौं । क्रिश्चियन धर्म विरोधी भूत हटाइदिनुहोस् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई क्रिस्चियन धर्म प्रवर्द्धन गर्ने दक्षिण कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि दिएको थियो