काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकारले संघीयतालाई असफल बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै गम्भीर आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै नेता महतोले सरकारले ल्याएको बजेट विभेदकारी रहेको दाबी पनि गरे । ५० प्रतिशतभन्दा बढी जनसंख्या भएको मधेशलाई २० प्रतिशतभन्दा कम बजेट विनियोजन गरेर सरकारले विभेदकारी नीति लिएको उनको तर्क छ ।
उनले ६ करोड बजेट विनियोजन गरेर सरकारले सांसदहरुलाई बदनाम गराएको आरोप पनि लगाए । उनले जनताकहाँ निर्वाचनका बेला गरिएको सहमतिअनुसार विकास, निर्माणको कामलाई अघि बढाउन योजना माग्नुको सट्टा सरकारले सांसदहरुलाई ६ करोड बजेट विनियोजन गरेर गल्ती गरेको पनि बताए ।
नेता महतोले विदेश नीति, राष्ट्रिय सुरक्षा, मौद्रिक नीति र राष्ट्रिय गौरवका आयोजना बाहेकका सबै अधिकार प्रदेश र स्थानीय सरकारलाई दिन आफ्नो पार्टीले सरकारसँग पटक–पटक माग गरे पनि त्यसअनुसार काम हुन नसकेको पनि बताए ।




प्रतिक्रिया