चितवनसम्म ग्यांस र तेलको पाइपलाइन बनाउदै भारत

चितवनसम्म ग्यांस र तेलको पाइपलाइन बनाउदै भारत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय ग्याँस तथा तेल राज्यमन्त्री धर्मेन्द्र प्रधानले नेपालको चितवनसम्म ग्यँंस र तेल आपूर्ती गर्ने पाइपलाइन छिट्टै पुरा गर्ने दावी गरेका छन् ।

उनले भारतको मोतिहारीबाट अमलेखगन्जसम्म विस्तार गर्न लागेको पाइपलाइनलाई चितवनसम्म बिस्तार गर्ने योजना रहेको जानकारी दिए तोकिएको समयमै बनाउने प्रतिबद्धता जनाएका छन्। होटल ताज महलमा बुधबार आयोजित ‘नेपाल–भारत व्यापार मञ्च’ कार्यक्रममा मन्त्री प्रधानले नेपाललाई सहयोग गर्न भारत तयार रहेको बताए ।

उनले नेपालमा १ सय भन्दा बढी पेट्रोलपम्प खोल्ने योजनामा भारत रहेको समेत दिए ।