‘उदण्ड’ मेयरकाे प्रश्नः केपी ओली, द्वारिकलाल चौधरीलाई कारबाही गर्ने हिम्मत छ ?

‘उदण्ड’ मेयरकाे प्रश्नः केपी ओली, द्वारिकलाल चौधरीलाई कारबाही गर्ने हिम्मत छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – इटहरी महानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई दिएको धम्की स्वीकार गर्दै उनले राज्यलाई समेत चुनौती दिएका छन् ।

उनले एक राष्ट्रिय टेलिभिजनमार्फत पत्रकारलाई खुलमखुल्ला कालोमसो दल्ने धम्की दिए । टेलिभिजनमार्फत राज्यलाई नै चुनौति दिँदै उनले भने, ‘पत्रकारलाई कालोमसो दल्छु, कसले गर्न सक्छ मलाई कारबाही ?’ भन्दै राज्यलाई नै चुनौती दिए । मेयर चौधरीले पत्रकारको नाकको हड्डी भाँच्न १ करोड छुट्याएको अभिव्यक्ति दिएका थिए ।

पत्रकारदेखि कर्मचारीसम्मलाई लोपार्ने र कुट्नेसम्मका हर्कतका कारण विवादमा मुछिदै आएका उदण्ड मेयरले पछिल्लो पटक पत्रकार बिराट अनुपमलाई दिएको धम्की प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि मुछेका छन् । उनले भने, ‘केपी ओली, द्वारिकलाल चौधरीलाई कारबाही गर्ने हिम्मत छ ?’

यति मात्र होइन, नेकपाको सुनसरी जिल्ला कमिटी सदस्य रामप्रसाद चौलागाईलाई पिटेको सन्दर्भलाई उप्काउँदै टेलिभिजनमार्फत नै चौधरीले भने, ‘पत्रकार कुट्ने पर्शुराम बस्नेतलाई कारबाही भएको छ ? यस्ता भ्रष्ट र परिचालित पत्रकारलाई कालो मोसो दल्छु ।’

केही दिनअघि नेकपा अध्यक्ष प्रचण्डसँग हात मिलाएको सन्दर्भमा पनि उनले बोलेका थिए । बारम्बार भ्रष्टाचारविरुद्धको नारा लगाएका उनले पार्टीले भने पनि प्रशासनले भने पनि नमान्ने बताए । उनले बोलि नै पिच्छे गालि र धम्की दिएका थिए ।