भक्तपुरमा विप्लवले गर्यो जग्गा कब्जा

भक्तपुरमा विप्लवले गर्यो जग्गा कब्जा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भक्तपुरमा एक रोपनी जग्गा कब्जा गरेको दाबी गरेको छ ।

विप्लव समूहको भक्तपुर जिल्ला जनपरिषदले चाँगुनारायण नगरपालिका–२ दुवाकोटको एक रोपनी एक दाम जग्गा कब्जामा लिएको हो ।

विप्लवले एक विज्ञप्ति जारी गर्दै त्यहाँका समाजसेवी, भलादमी र बुद्धिजीवीसँग छलफल गरिएको र वास्तविक धनी पीडित भएको पुष्टि भएकाले जग्गा कब्जामा लिइएको दाबी गरेको छ ।

उक्त जग्गा चाँगुनारायण नगरपालिका–५ की निर्मलाकुमारी पुरी र भक्तपुर–१० कमलविनायककी चन्द्रमाया सुवालको नाममा छ । कित्ता नम्बर १७९८ रहेको उक्त जग्गामा सोमबार विप्लव समूहले झन्डा गाडेको छ ।

भू–माफियाले चलखेल गरी उक्त जग्गाका वास्तविक धनीबाट उम्काएको आरोप विप्लव समूहले लगाएको छ । जग्गा भएको स्थानमा ‘यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पाइँदैन, अन्यथा जनपरिषदले कडा कारबाही गर्नेछ,’ लेखिएको छ ।