मानव संशाधनको विकास उच्च प्राथमिकतामाः अर्थमन्त्री खतिवडा

मानव संशाधनको विकास उच्च प्राथमिकतामाः अर्थमन्त्री खतिवडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले मानव संशाधनको विकासमा जोड दिएको बताएका छन् ।

भुटान–नेपाल ह्यूमन क्यापिटल फोरमले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासलाई तीव्रता दिने उद्देश्यका साथ सरकारले मानव संशाधनको विकासलाई उच्च प्राथमिकता दिएको बताए ।

उनले सरकारले मानव संशाधनको विकासलाई प्राथमिकतामा राखेर शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा गत वर्षको तुलनामा बजेट वृद्धि गरेको पनि स्मरण गराए ।

अर्थमन्त्री खतिवडाले भुटान र नेपालले मानव संशाधनको विकासमा सहकार्य गरेर काम गर्न सक्ने पनि बताए ।