काठमाडौं – भक्तपुरमा स्कार्पियो दुर्घटना भएको छ । भक्तपुरको दुधपाटीबाट सल्लाघारीतर्फ गइरहेको बा १४ प ६३२९ नम्बरको स्कार्पियो सैनिक आवासीय महाविद्यालय अगाडि दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
बिहीबार बिहान करीब ३ः०० बजे सडक किनाराको रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गुल्मी घर भई हाल नयाँबानेश्वर बस्ने २३ वर्षीय गाडी चालक राजन कुँवर, चालकको सिटसँगै बस्ने गुल्मी घरभई हाल कोटेश्वर बस्ने २४ वर्षीय सुन्दर बस्याल, २० वर्षीय रिसव खत्री र २० वर्षीय अमन केसी घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
घाइतेको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।




प्रतिक्रिया