‘मिसेस आर्यन नेपाल २०१९’को उपाधि कविता ढकाललाई

‘मिसेस आर्यन नेपाल २०१९’को उपाधि कविता ढकाललाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जमलको राष्ट्रिय नाचघरमा आयोजित ‘मिसेस आर्यन नेपाल २०१९’को ताज कविता ढकालले जितेकी छन् ।

पव्लिक च्वाइज र मोस्ट स्मार्टको सबटाइटल विधापनि कबिताले आफ्नो पोल्टामा पारिन् । ‘मिसेस आर्यन नेपाल २०१९’ को उपाधी कबिताले आफ्नो शिरमा पार्दा फस्ट रनरअपको उपाधी स्र्पाकल पुरीले जितिन् । उता सेकेन्ड रनरअपको उपाधी सिमा थापाले उचालिन् ।

एमाजोन इन्टरटेन्मेन्टले बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा बेस्ट ट्यालेन्ट सिमा थापा खड्का, बेस्ट फोटोजेनिक स्र्पाकल पुरी, बेस्ट स्किन अस्मिता बसुला, बेस्ट हेयर पुजा रानी गैरे, बेस्ट स्माइल स्वस्थानी न्यौपाने, मोस्ट पपुलर पुजा रानी गैरे र बेस्ट ड्रेस स्र्पाकल पुरीले सबटाइटल अन्र्तगत जितेका छन् ।

हिमानी सुब्बाको कोरियोग्राफी रहेको प्रतियोगीताको निर्णायक मण्डलमा पुर्व मिस नेपाल सुगारिका केसी, सुभ आचार्य र निशु महर्जन रहेका थिए ।