काठमाडौं— प्रदेश ३ का स्थानीय तहका पदाधिकारीलाई संघीय सुशासनसम्बन्धी चार दिने तालिम दिइएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकन राजदूतावासद्वरा संयुक्त रुपमा आयोजना गरिएको तालिम बिहीबारबाट काठमाडौंमा सुरु भएको हो।
कार्यक्रमको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालाबाबु पण्डित, महासंघकी अध्यक्ष भवानी राणा र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
प्रदेश नम्बर ३ का स्थानीय सरकारका करिब ५० जना पदाधिकारीको सहभागिता रहेको उक्त तालिमको डिजाइन अमेरिकास्थित मेरील्याण्ड विश्वविद्यालयले गरेको हो।




प्रतिक्रिया