काठमाडौं – सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा बिहीबार भीषण हावाहुरी आएको छ । भीषण हावाहुरी साँझ ८ बजेतिर कैलाली र कञ्चनपुर जिल्लाका अधिकांश स्थानमा आएको दुबै जिल्लाका प्रहरीले पुष्टि गरेका छन् । प्रहरीका अनुसार दुई जिल्लामा आँधीहुरीबाट एकको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनगढीका वर्ष २७ का बीरबहादुर चौधरी रहेका छन् ।
बिहीबार साँझ ८ बजेतिर आएकाे हावाहुरीमा परि कञ्चनपुरमा पुरुष ३, महिला ८, बालक ५ र बालिका ५ जना गरि जम्मा २१ घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ । यस्तै कैलाली आसपासमा जम्मा ३२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदिप गिरीले जानकारी दिए ।
एसपी गिरीका अनुसार रातको समय भएकाले अन्य क्षतिको विवरण भने आउन सकेको छैन । तर रुखहरु ढलेका छन् भने सयौं घरका छानाहरु उडाएको छ । घाइतेहरुको अहिले स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।





प्रतिक्रिया