नरेन्द्र मोदीको पहिलो औपचारिक विदेश भ्रमण माल्दिभ्सबाट

नरेन्द्र मोदीको पहिलो औपचारिक विदेश भ्रमण माल्दिभ्सबाट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी –  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालको पहिलो औपचारिक विदेश भ्रमणका लागि शनिबार साँझ माल्दिभ्स प्रस्थान गर्दैछन्।  मोदीको यो भ्रमणले माल्दिभ्समा चीनको बढ्दो प्रभावलाई ध्यानमा राख्दै त्यहाँ आफ्नो प्रभुत्व बढाउने र भारत तथा माल्दिभ्सका सुरक्षा निकायहरुबीच सहकार्यको मार्गको खोल्ने विश्वास दुईपक्षिय सम्बन्धका विज्ञहरुले गरेका छन्।

उनी आइतबार नै माल्दिभ्सबाट भारत फर्कनुअघि केही घण्टाका लागि श्रीलंकाको राजधानी कोलम्बो जानेछन्। दुई महिना अघि इस्टरका अवसरमा श्रीलंकका विभिन्न चर्च र होटलहरुमा भएको विष्फोटमा २५० जनाको ज्यान गएको थियो।

जसमा ११ जना भारतीय नागरिकसमेत रहेका थिए। उक्त घटनापछि श्रीलंकाको यात्रामा जाने मोदी पहिलो विदेशी नेता हुनेछन्। भारतीय सञ्चारमाध्यमहरुले यसलाई आतंकवादविरुद्ध भारतको समर्थनका रुपमा चित्रण गरेका छन्।