पूर्वसभामुख अोनसरी भन्छिन्– म पदका लागि नेताकहाँ दौडिने व्यक्ति हाेइन्

पूर्वसभामुख अोनसरी भन्छिन्– म पदका लागि नेताकहाँ दौडिने व्यक्ति हाेइन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं– पूर्वसभामुख अोनसरी घर्तीमगरले पद प्राप्तिका लागि नेताकोमा दौडने व्यक्ति आफू  नभएको स्पस्ट पारेकी छन्।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले पद प्राप्तिका लागि नेताकोमा दौडने प्रचारको ख‌ण्डन गर्दै  आफू फेरी सभामुख हुन कुनै नेताकोमा नधाएको बताएकी हुन्।

उनले लेखेकी छन्- ‘पद प्राप्तीका लागि नेताकाेमा दाैडने व्यक्ति म हाेईन। विगतमा त्यसाे गरिन, यस पटक पनि गरेकाे छैन। फेरि सभामुख बन्न नेताकाेमा पुगेकाे भन्ने लगायत सबै कुप्रचारहरु खारेज गर्दछु ।’

माअोवादी केन्द्रकी नेतृ अोनसरी फेरी सभामुख बन्ने चाहनाले नेताकोमा दौडधुप गरेको प्रचार सामाजिक सञ्जालमा भएको थियो ।

अोनसरी सफल कार्यकाल भएको सभामुखमा पर्छिन् । यसअघि उनले संसदमा निभाएको भूमिकाको सबैले खुलेरै प्रस‌ंसा गरेका थिए ।

सरकार गठन हुन अगाडी नेकपा एमाले र माअोवादी केन्द्रबिच एमालेले राष्ट्रपति पाउने र माअोवादीले सभामुख पाउने सहमित भएको थियो ।

यही सहमतिलाई अाधार बनाएर समाजिक सञ्जालमा उनीबारे गरिएको कुप्रचार अोनसरीले खारेज गरेकी हुन् ।