रौतहट– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा समृद्धि, विकास र सुशासनका लागि ठूलो ऐतिहासिक अवसर आएको बताएका छन् ।
जङ्गल सैया–कठहरिया सडकको उद्घाटन गर्दै उनले वामपन्थी सरकारले विकास र सुशासनमा केन्द्रीत हुने संकल्प लिएको र अहिले ठूलो अवसर भएको बताएका हुन् ।
उनले भने- “जनताले निर्वाचनमार्फत हामीलाई विश्वास गरेका छन् । वामपन्थी सरकारले विकास र सुशासनमा केन्द्रीत हुने संकल्प लिएको छ ।”
अध्यक्ष प्रचण्डले नेपालका अगाडि दु्रतगतिमा विकास गर्नुको विकल्प नभएको बताए । जनताले विकास र सुशासन खोजेको र त्यसका लागि विश्वास गरेर झण्डै दुई तिहाई वाम गठबन्धनलाई मत दिएको बताउँदै अध्यक्ष प्रचण्डले यो ऐतिहासिक अवसरलाई उपयोग गरेर समृद्धितर्फ जाने वाम सरकारको मुख्य संकल्प हुने बताए ।
नेपालमा विकास निर्माणका कामहरुमा ढिलासुस्ती हुने गरेको बताउँदै अध्यक्ष प्रचण्डले १४ किलोमिटर बाटो डेढ महिनामा पुरा गरेर अरुलाई समेत ठूलो उदाहरण दिएको भन्दै स्थानीयवासीलाई धन्यवाद दिएका थिए।
“तपाईहरुले एउटा लहर सिर्जना गर्नुभएको छ ।” अध्यक्षले भने, “अब यो लहर देशैभरी उठने छ ।”
सडक निर्माणभएसँगै उक्त क्षेत्रका चारवटा नगरपालिकाका नागरिकलाई निजगढ र पथलैया आयजाय गर्न सहज हुने भएको छ । माओवादी नेता प्रभु साहको पहलमा बनेको उक्त सडकको उदघाटन गर्न अध्यक्ष प्रचण्ड चितवनबाट त्यहाँ पुगेका थिए ।
रौतहटको गुजरा नगरपालिका अन्तर्गत पर्ने उक्त १४ किलोमिटरको सडक एक महिना १६ दिनमा निर्माण भएको हो ।
सडकको उदघाटन गर्न पुगेका अध्यक्ष प्रचण्डलाई धन्सार चोकमा आयोजित एक कार्यक्रममा स्थानीयवासीले ५५ किलोको मालाले स्वागत गरेका थिए ।
रौतहटको गुजरा नगरपालिका अन्तर्गत पर्ने उक्त १४ किलोमिटरको सडक एक महिना १६ दिनमा निर्माण भएको हो ।
सडकको उदघाटन गर्न पुगेका अध्यक्ष प्रचण्डलाई धन्सार चोकमा आयोजित एक कार्यक्रममा स्थानीयवासीले ५५ किलोको मालाले स्वागत गरेका थिए ।




प्रतिक्रिया