उडान घटाउँदै, घाटा बढाउँदै वायुसेवा निगम

उडान घटाउँदै, घाटा बढाउँदै वायुसेवा निगम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – दिल्लीबाट दैनिक तीन र मुम्बईबाट दैनिक दुई उडान गरिरहेको जेट एयरवेजले उडान बन्द गर्दा दिल्लीको एकतर्फी भाडा ६० हजारसम्म पुग्यो, निगमका न्यारोबडी र वाइडबडी शुल्क तिरेर पार्किङमा थन्किए, तर उडान थपिएन यही वेला दुबईको दैनिक उडान घटाएर सातामा तीन दिनमा झारियो
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेतृत्वले अन्तर्राष्ट्रिय उडानका जहाज पनि नियतवश पूर्ण क्षमतामा नउडाएको खुलेको छ ।

निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेका सेक्टरमा जानाजान उडान कटौती मात्र गरेको छैन, जापान र कोरियामा हुने भनिएको उडान नियतवश ढिला गरेको देखिन्छ । जेट एयरवेज ग्राउन्डेड हुँदा नेपाल एयरलाइन्सलाई भारतमा उडान थप्ने अवसर थियो । तर, त्यो अवसर सदुपयोग गर्नुको साटो जहाजलाई आधा क्षमता मात्रै चलाएर बाँकी समय थन्क्याएर राखिएको छ । ‘निगमका जहाज नियतवश ग्राउन्डेड गरेर भाडामा निजी जहाज कम्पनीलाई दिने कुत्सित उद्देश्यले काम भइरहेको छ,’ एक स्रोतले नयाँ पत्रिकालाई बतायो । दैनिक १८ घन्टा उड्न सक्ने वाइडबडी जहाज हाल नौ घन्टा मात्रै उडिरहेको छ भने १६ घन्टा उड्न सक्ने न्यारोबडी जहाज नौ घन्टा १५ मिनेट मात्रै उडिरहेका छन् ।

जहाज ल्याउनुअघि बनाइएको व्यावसायिक योजना लागू गर्नु कता हो कता, यसलाई बेवास्ता गरिएको छ । आर्थिक लाभ आर्जन गर्ने लक्ष्य राखिएको अन्तर्राष्ट्रिय उडानबाट घाटा भइरहेको छ । यो समाचार नयांपत्रिका दैनिकमा छ ।