सुकुम्बासीका लागि विशेष स्वास्थ्य शिविरको आयोजना

सुकुम्बासीका लागि विशेष स्वास्थ्य शिविरको आयोजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– उपत्यकाका विभिन्न स्थानबाट अस्थायी रूपमा स्थानान्तरण गरिएका सुकुम्बासी तथा विपन्न परिवारहरूका लागि सरकारले बृहत् ’स्वास्थ्य शिविर’ आयोजना गर्ने भएको छ ।

स्वास्थ्य मन्त्री नीशा मेहताको पहलमा कीर्तिपुरमा वैशाख १९ गते ‘स्वास्थ्य शिविर’ आयोजना गर्न लागिएको हो।

पछिल्लो समय काठमाण्डु उपत्यकामा सुकुम्बासी बस्ती व्यवस्थापन तथा स्थानान्तरणको क्रममा नागरिकहरूले भोग्नुपरेको कठिनाइ र सम्भावित स्वास्थ्य जोखिमलाई सरकारले गम्भीरतापूर्वक लिएको छ।

कार्यक्रम सञ्चालनका लागि मन्त्रालयअन्तर्गतको स्वास्थ्य समन्वय महाशाखाले वीर अस्पतालबाट आवश्यक विशेषज्ञ चिकित्सक र जनशक्ति परिचालन गर्न निर्देशन दिएको छ।

मन्त्रालयले उक्त कार्यक्रममार्फत स्थानान्तरणमा परेका नागरिकको स्वास्थ्य तथा आधारभूत आवश्यकताप्रति राज्य संवेदनशील रहेको सन्देश दिन खोजिएको जनाएको छ।