कैलालीको टीकापुरमा प्रभु बैंकको शाखा

कैलालीको टीकापुरमा प्रभु बैंकको शाखा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रभु बैंक लिमिटेडले कैलालीको टीकापुर न.पा. वडा नं.१ स्थित टीकापुरमा शाखा विस्तार गरेको छ। बैंकले नयाँ कार्यालय खोली कारोबार पनि सञ्चालनमा ल्याएको हो। उक्त शाखाको टीकापुर न.पा.का नगर प्रमुख टपेन्द्र बहादुर रावलले उद्घाटन गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि टीकापुर न.पा.का नगर प्रमुख रावलले बैंकले देशका विभिनन ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुसी प्रकट गर्दै सबैलाई बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको बताए।

उक्त शाखा समेत गरी बंैकले हालसम्म १ सय ८४ वटा शाखा, १ सय ४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कैलालीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।