नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छा

नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ल्हासा – चीनको स्वायत्त प्रदेश तिब्बतले नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाएर बेल्ट एन्ड रोड इनिसिएटिभलाई नेपालमार्फत दक्षिण एसिया प्रवेश गराउने उद्घोष गरेको छ। शुक्रबार तिब्बतको ल्हासामा आयोजित ‘तिब्बतको विकास मञ्च’ को उद्घाटन समारोहमा तिब्बत जनसरकारका प्रमुख तथा चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वायत्त प्रदेशका उपसचिव छी चालाले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको बताए।

इतिहासमा चीन र नेपालबीचमा हिमालय कहिल्यै पनि अवरोध नभएको, नदीका हरेक बहावले सञ्चारको काम गरेको र हिमालका प्रत्येक पाइला मित्रताका बरन्डा रहेको भन्दै उनले नेपालसँगको ऐतिहासिक सम्बन्धलाई मार्मिक ढंगले प्रस्तुत गरे।

१३औं शताब्दीमा नेपालका प्रख्यात कलाकार अरनिको तिब्बत आएर बृहत् सुनौलो टावर बनाएको भन्दै उनले अरनिको तिब्बतबाट बेइजिङ गएर आजीवन चीनमा बसी हान, मंगोलियन तथा तिब्बती समुदायको कला सिर्जना गरेको इतिहासले पनि दुई देशबीचको मित्रताको महत्व दर्साएको औंल्याए। यो खबर आजको नागरिक दैनिकमा छ ।