टेण्डर हत्याउन अदालतको सहारा 


काठमाडौँ – दूरसञ्चार कम्पनीहरूको कामकारबाही नियमन गर्ने नेपाल दूरसञ्चार प्राधिकरणमा अनुगमन उपकरण खरिदका क्रममा झन्डै १ अर्ब ३७ करोड रुपैयाँ अनियमितता हुने गरी टेन्डर हत्याउने खेल सुरु भएको छ ।

दूरसञ्चारको ट्राफिक मापन तथा ठगी नियन्त्रण उपकरण खरिद प्रक्रियामा १ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी प्रस्ताव गर्नेसँग नै सम्झौता गर्ने गरी खेल सुरु भएको हो ।

‘१६ कम्पनीले प्रतिस्पर्धा गरेकामा ४ वटामात्रै टेन्डर प्रक्रियामा सहभागी हुन योग्य भनी छनोट गरियो,’ प्राधिकरण उच्च स्रोतले  भन्यो, ‘अख्तियारमा उजुरी परेपछि टेन्डर त रद्द भयो । तर, टेन्डर रद्द गरी आफूलाई अन्याय भएको भनी एउटा कम्पनी सर्वोच्च अदालत गएको छ । अन्तरिम आदेशकै माध्यमबाट ठेक्का सम्झौता गर्ने योजना बनेको छ ।’ प्राधिकरण स्रोतबाट प्राप्त कागजात हेर्दा टेन्डर प्रक्रिया सुरु भएपछि पटक–पटक मापदण्ड र सर्त फेरबदल गरेको देखिन्छ ।

दूरसञ्चार प्राधिकरणले २०७४ असोज २० गते पहिलो पटक उपकरण तथा ५ वर्षसम्म त्यसको सञ्चालनसमेत गर्ने गरी टेन्डरको सूचना निकालेको थियो । १६ कम्पनी टेन्डर प्रक्रियामा सहभागी भएकामा सर्तका आधारमा छनोट गरिएको भनी ४ कम्पनीलाई मात्रै प्रतिस्पर्धामा सामेल गरिएको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement