काठमाण्डु-बुधबार साँझ करिब ५ बजेदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा भएको छ। मौसम अचानक बद्लिँदा सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको देखिएको छ।
यसअघि जल तथा मौसम विज्ञान विभाग ले मंगलबार नै सूचना जारी गर्दै हावाहुरी र वर्षाको सम्भावना रहेको उल्लेख गर्दै सतर्क रहन आग्रह गरेको थियो।
विशेषगरी खुला स्थानमा रहेका, सवारी चालक तथा निर्माण कार्यमा संलग्न व्यक्तिहरूलाई सावधानी अपनाउन अनुरोध गरिएको छ। अधिकारीहरूले आवश्यक सतर्कता अपनाउन र सुरक्षित रहन सबैलाई अपिल गरेका छन्।




प्रतिक्रिया