प्रहरी चौकी भोक्राहाका असई घुससहित पक्राउ


काठमाडौं – सुनसरीका प्रहरी सहायक निरीक्षक पदमबहादुर कटुवाल घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी भोक्राहाका सहायक निरीक्षक कटुवाललाई ७ हजार घुससहित पक्राउ गरेको हो ।

सेवाग्राहीलाई वन मन्त्रालयबाट पक्राउ पुर्जी आएको छ, यही मिलाइदिन्छु भन्दै बहाना बनाई घुसलिएका थिए । घुस रकम सहित निजकै कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement