निर्मला हत्याकाण्ड : एसपी कडायत र डिएसपी ओझाविरुद्ध मुद्दा दर्ता

निर्मला हत्याकाण्ड : एसपी कडायत र डिएसपी ओझाविरुद्ध मुद्दा दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर– बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त घट्नाको अनुसन्धानको क्रममा पक्राउ परेका विशाल चौधरीलाई प्रहरीले यातना दिएको भन्दै जिल्ला वकिल कार्यालयमा उजुरी परेको छ। जिल्ला प्रहरी कार्यालयमा यातना विरुद्ध मुद्दा दर्ता नभएपछि चौधरीले वकिल कार्यालयमा उजुरी दर्ता गराएका हुन्। 

विशालका बुवा वीर बहादुरले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालिन एसपी कुबेर कडायत र डिएसपी कृष्ण ओझासहित २ जना प्रहरी जवान विरुद्ध जाहेरी दिएका छन्। 

घटनाको अनुसन्धानका क्रममा १६ दिन प्रहरी हिरासतमा रहेका विशाललाई प्रहरीले अपराध कबुल गर्न धेरै यातना दिएको वीर बहादुरको आरोप छ। विशाललाई प्रहरीले मंसिर १९ गते पक्राउ गरि २० गते अनुसन्धानका लागि काठमाडौ पठाएको थियो। पक्राउ परेकै दिन प्रहरीले आंखामा कालोपट्टी बांधेर यातना दिएको विशालले बताए। 

‘मेरो आँखामा कालोपट्टी बांधेर धेरै कुटे, तेरो साथीले घटना हामीले नै गरेको हौं भनेर कबुल गरिसकेको छ, त पनि भन कसरी मा¥यौ निर्मलालाई भने,’ विशालले भने, ‘त्यसपछि काठमाडौं लगेर पनि धेरै यातना दिइयो।’ प्रहरीले गाँजा भरेको चुरोट समेत खान दिएर अपराध कबुल गर्न दवाव दिएको उनले बताए।  आजको नागरिक दैनिकमा समाचार छ ।