सुनको मुल्य फेरि बढ्यो, बनायो नयाँ कीर्तिमान


काठमाडौं – मंगलबार सुनको भाउ फेरि बढेको छ ।

गएको शुक्रबारदेखि तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार बढेर तोलाको ६५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।

चाँदी भने गएको शुक्रबारदेखि नै तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । डलर कमजोर हुँदा लगानीकर्ताको आकर्षण सुनमा परेकाले सुनको भाउ महंगो भएको शाक्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement