प्रहरी समायोजन विधेयक प्रक्रिया अघि बढाउन सांसदहरुको सुझाव

प्रहरी समायोजन विधेयक प्रक्रिया अघि बढाउन सांसदहरुको सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा ब्यवस्था गर्न प्रहरीले ल्याएको विद्ययेक अगाडी बढाउन सांसदहरुले सुझाव दिएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको संघीय संसदको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरुले प्रदेश प्रहरीको काम, कत्व्र्य र अधिकार तोकिनु पर्नेमा जोड दिएका छन् ।

सांसद नवराज सिलवालले समायोजन गर्ने सम्बन्धमा प्रहरीले ल्याएको बिधेयक ठिक रहेको भन्दै बनेको बिधेयक प्रक्रिया अगाडि बढाउन सुझाव दिए ।

नेकपाकी सांसद रेखा शर्माले संविधान बमोजिम प्रहरी कर्मचारी समायोजन गर्न सो विधेयक आएको भन्दै प्रदेशको सुरक्षा अधिकार प्रदेश प्रहरीलाई दिनु पर्ने बताइन् ।