काठमाडौं – आज प्रकाशन हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन नहुने भएको छ ।
नतिजा सार्वजनिकका लागि अन्तिम रुजु र क्रस चेकिङको काम भइरहेकाले आज नतिजा सार्वजनिक नहुने राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडलले जानकारी दिए ।
परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले पनि आज नतिजा सार्वजनिक गर्ने कुनै तयारी नरहेको जनाए । कुनै प्राविधिक समस्या उत्पन्न नभए बिहीबार रिजल्ट सार्वजनिक हुने सम्भावना बढी रहेको अधिकारीले जनाए ।
‘कम्प्युटरमा प्रविधिकहरु डाटा इन्ट्रीसँगै रुजु गरिरहेका छन,’ उनले भने, ‘कुनै वाधाअवरोध नभए ४८ घण्टा भित्रसम्म नतिजा आउँछ ।’
गतवर्ष नतिजा प्रकाशन गर्दा करिब ९ हजार विद्यार्थीको ग्रेडसिटमा समस्या देखिएकाले यसपाली रिजल्ट सार्वजनिकमा हतार नगर्ने मनस्थितिमा बोर्डका कर्मचारीहरु छन् ।
मुलुकभरबाट ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए । चैत १० गतेदेखि एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।




प्रतिक्रिया