प्रधानमन्त्रीको गृहजिल्लामा सडकमै धान रोपियो

प्रधानमन्त्रीको गृहजिल्लामा सडकमै धान रोपियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – आज असार १५ गते अर्थात धान दिवसको दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा स्थानीयले सडकमै रोपाईं गरेका छन् ।

बिर्तामोडबाट सदरमुकाम भद्रपुर जाने सडक जीर्ण भएपछि मर्मत नगरिएको भन्दै आक्रोशित स्थानीयले सडकमै धान रोपेका हुन् ।

भद्रपुर रोडका स्थानीय सन्तोष अग्रवालको घर अगाडि स्थानीयले सडक मर्मतमा प्रशासनको उदाशीनतालाई व्यंग्य गर्दै धान रोपेका हुन् ।

धान रोपेपछि सडकमै उनीहरुले दही चिउरा पनि खाएका छन् ।