काठमाडौं – आज (सोमबार)देखि साझाले उपत्यकाका विभिन्न रुटमा २० वटा थप नयाँ बस सञ्चालनमा ल्याएको छ ।
आज २० वटा नयाँ सिटी बस सञ्चालनमा आएसँगै साझाको बस संख्या ७१ पुगेको हो ।
२० ओटा नयाँ बसमध्ये ६ वटा बस नयाँ बसपार्क–सूर्य विनायक रुटमा चल्नेछन् ।
त्यस्तै, अर्को ६ वटा बस नयाँबसपार्क–कमल विनायक रुटमा सेवा दिनेछन् ।
त्यसैगरी, अर्को ८ ओटा बस नयाँ बसपार्क–लगनखेल हुँदै सोहीबाटो फर्किने साझाले जनाएको छ ।
यस अघि भक्तपुरमा चल्दै आएका ७ ओटा बसले नयाँ रुट पाएका छन् । यी बसहरु त्रिभुवनपार्क–पाटन हस्पिटल हुँदै सोही बाटो फर्किनेछ ।
त्यस्तै अन्य पुराना दुई बसलाई लगनखेल–रत्नपार्क हुँदै दक्षिणकालीन जाने र सोही रुट हुँदै फर्किने व्यवस्था मिलाइएको साझा यातायातका प्रवन्धक मेहेन्द्रराज पाण्डेले जानकारी दिए ।
यी नयाँ २० गाडीमा ४० भन्दा बढी सिट क्षमताका छन् । साझाले यी बसहरुमा यात्रागर्दा भुक्तानी कार्डमार्फत हुने व्यवस्था समेत गरेको छ । कार्डबाट रकम भुक्तानीगर्दा यात्रुलाई सुविधा हुनुका साथै पारदर्शितासमेत बढ्ने साझाको विश्वास छ ।




प्रतिक्रिया