सेनाको ईन्जिनियरिङ विभागको जिम्मेवारी प्रधानको कांधमा 

सेनाको ईन्जिनियरिङ विभागको जिम्मेवारी प्रधानको कांधमा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं –  नेपाली सेनाका सहायकरथी कमलसिंह प्रधान उपरथीमा बढुवा भएका छन् । मन्त्रिपरिषदको असार १२ मा बसेको वैठकले प्राविधिक पउपरथीमा प्रधानलाई बढुवा गर्ने निर्णय गरेको थियो  ।  

सेनाको विकास निर्माण हेर्ने ईन्जिनियरिङ विभागको विभागीय प्रमुख रहेका उपरथी योगेन्द्र खांणले उमेर हदको कारण सैनिक सेवाबाट अनिवार्य अवकास पाएपछी सैनिक मुख्यालयले उनको ठाउंमा प्रधानलाई बढुवा सिफारीस गरेको थियो ।

प्राविधिक उपरथी दर्जामा पदोन्नति  भएका स्थपति निर्देशनालयका निर्देशक प्राविधिक सहायक रथी प्रधानलाई जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । 

प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका उपरथी प्रधानलाई ईन्जिनियरिङ विभागको विभागीय प्रमुखको जिम्मेवारी दिईएको छ ।