पूर्वमन्त्रीसहित नयाँ शक्तिका २० नेताहरू नेकपामा प्रवेश गर्दै

पूर्वमन्त्रीसहित नयाँ शक्तिका २० नेताहरू नेकपामा प्रवेश गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वमन्त्री कल्पना धमलासहित तत्कालीन नयाँ शक्ति पार्टीका केही शीर्ष नेताहरु सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन् ।

संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकता सम्मानजनक नभएको भन्दै तत्कालीन नयाँ शक्तिका केही शीर्ष नेताहरु नेकपामा प्रवेश गर्ने भएका हुन् ।

तत्कालिन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, पूर्वमन्त्री कल्पना धमला, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँ लगायत ठमेलका केही व्यवसायी र गोरखाका नेता तथा कार्यकर्ता गरी २० जना बिहीबार नेकपामा प्रवेश गर्ने भएका हुन् ।