त्रिभुवन विश्वविद्यालय कसरी बन्यो ‘आपराधिक अखडा’ ?

त्रिभुवन विश्वविद्यालय कसरी बन्यो ‘आपराधिक अखडा’ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विश्वविद्यालय भनेपछि आफैंमा मर्यादा, नैतिकता, सदाचारको आचरण सिकाउने थलो । सिक्ने विद्यार्थीभन्दा सिकाउने प्राध्यापक र प्रशासक उच्च नैतिकवान हुनुपर्ने हो । त्रिभुवन विश्वविद्यालय भित्रको महत्त्वपूर्ण अंग विश्वविद्यालय सेवा आयोगका आपराधिक गतिविधि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजागर गरेपछि प्राज्ञिक क्षेत्र झस्किएका छन् ।

विश्वविद्यालयमा दक्ष जनशक्ति कर्मचारी र प्राध्यापकको योग्यता जाँच गर्ने निकायभित्रै नातागोताका आधारमा आपराधिक गतिविधि भएपछि विश्वविद्यालयको साखमा धक्का लागेको छ । पदाधिकारी, कर्मचारी र नेताका आफन्तलाई नियुक्ति दिलाउन परीक्षा प्रक्रियामै चलखेल गरिएको उजागर भएको छ भने योग्य उम्मेदवारको नम्बर घटाउनेसम्मको अपराध गरिएको अख्तियारको निष्कर्ष छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग परीक्षामा गडबडी गर्ने सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तो छ अख्तियारको निष्कर्ष
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्रकाशन गरेको विज्ञापन अन्तर्गत विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षामा प्राप्तांक फेरबदल गरी आयोगका पदाधिकारी र कर्मचारीहरुका आफन्त मान्छेहरूलाई समेत उत्तीर्ण गराई अनियमितता गरेको भन्ने समेत व्यहोराको यस आयोगमा विभिन्न मितिमा दर्ता हुन आएका उजुरी निवेदनहरुका सम्बन्धमा अध्ययन विश्लेषण गरी हेर्दा त्रिभुवन विश्वविद्यालय सेवा आयोगको मिति २०७३-११-२८ मा प्रकाशित विज्ञापन नम्बर १८-२०७३-०७४ अन्तर्गत विभिन्न १६ किसिमका प्रशासनिक तथा प्राविधिक पदहरुका लागि विज्ञापन गरी परीक्षा सञ्चालन भएकोमा शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मूख्य कार्यालय सहायक र कार्यालय सहायक गरी ६ वटा पदहरुको लिखित परीक्षा सञ्चालनको क्रममा उत्तरपुस्तिका परीक्षणमा निम्न बमोजिम् अनियमितता भए गरेको देखिन आयो ।

शाखा अधिकृत पदको लागि कूल पदसंख्या २४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये ६ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अंक थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको पाइयो । यीमध्ये एक परीक्षार्थीको प्रथम पत्रमा १७ र तृतीय पत्रमा १६ अंक थपेर पास गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ४ अंक थपेर पास गराएको, अर्को परीक्षार्थीको तृतीय पत्रमा १४ अंक थपेर मेरिटमा ल्याएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ६ अंक थपेर मेरिटमा ल्याएको गरी ४ जनाको अंक थपेर उत्तीर्ण गराएको पाइयो भने १ जना परीक्षार्थी पास हुनुपर्नेमा नाम छुटाई अनुत्तीर्ण गराएको र अर्को एक जना परीक्षार्थीको प्रथम पत्रमा ९ र तृतीय पत्रमा १४ अंक घटाएर अनुत्तीर्ण गराएको पाइएको । यस कार्यमा उत्तरपुस्तिका परीक्षक गोविन्द ढकाल र टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता देखिन आएको ।

लेखा अधिकृत पदको लागि कूल पद संख्या २४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीहरूमध्ये एक जनाको द्वितीय पत्रमा ९ अंक थपी मेरिटमा पारेको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा १० अंक थपी मेरिटमा पारेको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ३ अंक थपी मेरिटमा पारेको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ७ अंक थपी मेरिटमा पारेको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा २ अंक थपी मेरिटमा पारेको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा परीक्षकले ३ अंक थपेको र संपरीक्षण गर्ने परीक्षकले ९ अंक घटाई मेरिटमा तल पारेको र अर्को परीक्षार्थीको द्वितीय पत्रमा २ अंक थपी मेरिटमा पारेको गरी ७ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अंक थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको पाइयो ।

यीमध्ये सबै जनाको दोस्रो पत्रको उत्तरपुस्तिकामा २ देखि १० अंकसम्म थप गरी उत्तीर्ण गराइएको । यस कार्यमा उत्तरपुस्तिका परीक्षक राजेश्वर न्यौपाने र संपरीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको देखिन आयो । सहायक कानूनी सल्लाहकार पदको लागि पद संख्या १ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्ये एक परीक्षार्थीको द्वितीयपत्रमा १५ अंक थपी पाँचौलाई पहिलो मेरिटमा पारेको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा २ अंक घटाई दोस्रोलाई चौथो मेरिटमा पारेको र अर्को परीक्षार्थीको द्वितीयपत्रमा ८ अंक घटाई पहिलोलाई दोश्रो मेरिटमा पारेको गरी ३ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अंक थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको । यीमध्ये सबै जनाको दोस्रो पत्रको उत्तरपुस्तिकामा अंकसम्म थपघट गरी नतिजामा फेरबदल गरी यी तीन जनामध्ये एक जना ३७ अंक आएकोलाई १५ अंक थपिदिएर ५२ पु¥याएको र अन्य दुई जनाको प्राप्तांक घटाई ५० मा झारेको देखिन आयो ।

यस कार्यमा संपरीक्षक ताराप्रकाश पौडेलको प्रत्यक्ष संलग्नता रहेको देखिन आयो । मुख्य लेखा सहायक पदको लागि कूल पद संख्या २४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीहरूमध्ये एक जना परीक्षार्थीको प्रथम पत्रमा १५ र द्वितीय पत्रमा १३ अंक थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा १३ अंक थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा १० अंक थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ६ अंक घटाएर अनुत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा १४ अंक घटाएर अनुत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा १४ अंक घटाएर अनुत्तीर्ण गराएको गरी ६ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अंक थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको ।

यीमध्ये एक जनाको प्रथम र दोस्रो दुवै पत्रमा अंक थपेको पाइयो भने अन्य ५ जनाको दोश्रो पत्रको उत्तरपुस्तिकामा ६ देखि १५ अंक सम्म थपघट गरी नतिजा फेरबदल गराएको पाइयो । यस कार्यमा उत्तरपुस्तिका परीक्षक राजेश्वर न्यौपाने र संपरीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको देखिन आयो । मुख्य कार्यालय सहायक पदको लागि कूल पद संख्या १२ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्ये एक परीक्षार्थीको द्वितीय पत्रमा ४ अंक थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ४ अंक थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ५ अंक थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ३ अंक थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा २ अंक थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा परीक्षकले ५ र संपरीक्षकले ११ अंक थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ५ अंक थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ८ अंक थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा संपरीक्षकले २२ अंक थपी उत्तिर्ण गराएको, अर्को परीक्षार्थीको परीक्षकले ५ पटकसम्म अंक सच्याई फेललाई उत्तीर्ण गराएको र अर्को परीक्षार्थीको संपरीक्षकले १० अंक घटाई मेरिटमा नपारेको गरी ११ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अंक थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको ।

यीमध्ये २ जनाको प्रथम र दोस्रो दुवै पत्रमा अंक थपेको पाइयो भने अन्य ८ जनाको दोस्रो पत्रको उत्तरपुस्तिकामा २ देखि ३० अंकसम्म थप गरी नतिजा फेरबदल गराएको पाइयो । एक जनालाई १० अंक घटाई नियतवश मेरिटबाट हटाई अनुत्तीर्ण गराएको देखिन आयो । यस कार्यमा उत्तरपुस्तिका परीक्षक रामबहादुर पाण्डे र संपरीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको देखिन आएको । कार्यालय सहायक पदको लागि कूल पदसंख्या १४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये दुई जना परीक्षार्थीको खुलामा नआउनेलाई अङ्क थपी मेरिटमा ल्याइ २ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अङ्क थप गरी परीक्षाको परिणाम फेरबदल गरी दुवै जनाको दोश्रो पत्रको उत्तरपुस्तिकामा ४ देखि ५ अङ्क सम्म थप गरी नतिजा फेरबदल गराएको पाईयो । यस कार्यमा उत्तरपुस्तिका परीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको देखिन आएको ।

उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले कुल प्राप्ताङ्क केरमेट नगरी लेख्नुपर्ने, केरमेट गर्नुपर्ने नै भएमा शुरु अङ्क बुझिने गरी एकपटक मात्र काटेर अक्षरमा समेत लेखी दस्तखत गर्नुपर्ने, भित्रबाट बाहिर अङ्क सार्दा केरमेट नगरी फरक नपारी उतार्नुपर्ने भन्ने कुरा उत्तरपुस्तिका परीक्षकलाई दिईएको नियुक्तिपत्रमा स्पष्ट उल्लेख हुँदा हुँदै त्यस विपरीत परीक्षकले जथाभावी अङ्क केरमेट गरेको देखिनु र त्यस्तो केरमेट गरी सच्याउने काम सबैजसो उत्तिर्ण भएका परीक्षार्थीहरुका उत्तरपुस्तिकामा भएको देखिनुले परीक्षकले एकपटक उत्तरपुस्तिका परीक्षण गरेर बुझाइसकेपछि डिकोडिङ पश्चात पास गराउनुपर्ने ब्यक्तिलाई तिनिहरुका उत्तरपुस्तिकामा अङ्क थपघट गरी नतिजा फेरबदल गराएको भन्ने पुष्टी हुन आयो ।

केरमेट गरिएकोमा पनि अधिकांश उत्तरपुस्तिकाहरुको शुरुमा दिएको अङ्क नबुझिने गरी केरिएको, केरमेट भएकोमा परीक्षकको दस्तखत नभएको, उत्तरपुस्तिकाको भित्र दिएको अङ्क र बाहिर उतारिएको अङ्क फरक परेको, अङ्क फेरबदल भएकोमा सबै ठाउँमा अक्षरमा नलेखिएको जस्ता तथ्यहरुले परीक्षकले आफ्नो कर्तब्य र दायित्व पूरा गर्न नसकी अनियमिततामा संलग्न भएको स्पष्ट हुन आयो । परीक्षकबाट परीक्षण भई प्राप्त भएका उत्तर पुस्तिकाहरु रुजु गर्दा कुनै त्रुटी देखिएमा वा शंकास्पद लागेमा त्यस्ता उत्तर पुस्तिकाहरु मध्ये सबै वा त्रुटी देखिएका उत्तरपुस्तिकाहरुको संपरीक्षण गराउने र सामान्यतस् कम्तिमा ३३ प्रतिशत उत्तर पुस्तिकाहरु संपरीक्षण गराउनुपर्ने भन्ने त्रिभुवन विश्वविद्यालय सेवा आयोग, सेवा आयोगको आन्तरिक कार्य्विधिको दफा १९ मा भएको ब्यवस्था विपरित शंकास्पद सबै वा रुजु गर्दा त्रुटी देखिएका उत्तरपुस्तिकाहरुको संपरीक्षण नगराएको र ३३ प्रतिशत उत्तर पुस्तिकाहरु संपरीक्षण गराउनुपर्नेमा केही मात्र उत्तरपुस्तिकाहरुको संपरीक्षण गराएको देखियो ।

आयोगको आन्तरिक कार्य्विधिको दफा १८ मा भएको ब्यवस्था बमोजिम परीक्षकबाट परीक्षण भई प्राप्त भएका उत्तरपुस्तिकाहरु निश्चित आधारमा रुजु गराउने र रुजु गर्दा केही छुट देखिएमा सम्बन्धित परीक्षकलाई नै बोलाई सच्याउन लगाउनु पर्ने, कथंकदाचित सम्बन्धित परीक्षक उपलब्ध नभएमा संपरीक्षण समितिलाई जानकारी गराई सच्याउन लगाउनु पर्नेछ भन्ने स्पष्ट ब्यवस्था हँदाहुँदै यसका बावजुद आयोगद्वारा उत्तरपुस्तिका रुजु गराईएको कुनै आधिकारिक निर्णय नदेखिएको, रुजु गरिएको अङ्क पेन्सिलले लेखिएको पाईएको र रुजु गर्दा छुट देखिएको अङ्क सम्बन्धित परीक्षक वा सम्परीक्षण समितिलाई जानकारी गराई सच्याउन लगाउनु पर्नेमा सो नगरी आयोगको कुनै आधिकारिक निर्णयबिना सोझै लेजरमा सारी नतिजा प्रकाशन गरिएको देखिँदा रुजु गर्ने काममा समेत त्रुटि भएको देखिन आयो ।

आयोगको आन्तरिक कार्यविधिको दफा ३६ मा भएको ब्यवस्था बमोजिम आयोगमा कार्यरत कुनै शिक्षक÷कर्मचारीको कुनै नातेदार वा आफू स्वयं आयोगद्वारा सञ्चालन हुने कुनै विज्ञापनमा उम्मेदवार भएमा सोको लिखित जानकारी सम्बन्धित शिक्षक÷कर्मचारीले अध्यक्ष समक्ष अनिवार्य रुपमा दिनुपर्नेछ र यस बमोजिम सूचना प्राप्त भएमा त्यस्तो कर्मचारीलाई त्यस्तो परीक्षा सञ्चालन सम्बन्धी कामबाट अलग राख्ने व्यवस्था गर्नुपर्नेछ भन्ने ब्यहोरा उल्लेख भएकोमा सोको पालना भएको नपाइएको । यस विज्ञापनमा डबल कोडिङ्ग गरेको देखिएतापनि उनै व्यक्तिहरू दुवै कोडिङ्गमा संलग्न भएको देखिन आएकोले डबल कोडिङ्ग गर्नुको कुनै औचित्य नरहेको लिखित परीक्षाको विश्वशनियता र गोपनियता कायम रहेको देखिएन ।

त्रिभुवन विश्वविद्यालयय सेवा आयोगद्वारा लिइएको उक्त विज्ञापन अन्तर्गतका प्राविधिक तथा प्रशासनिक तर्फका विभिन्न १६ पदहरुमध्ये शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक गरी छ पदहरुका स्थायी पदपुर्तिका लागि भएको लिखित परीक्षा सञ्चालन तर्फ ३५ थान उत्तरपुस्तिकाको कोडिङ्ग÷डिकोडिङ्ग, परीक्षण, संपरीक्षण, रुजु लगायत नतिजा प्रकाशनमा समेत थुप्रै अनियमितताहरु भएको देखिन आएकोमा यस अनियमिततामा त्रि.वि. सेवा आयोगका पदाधिकारीहरु, सेवा आयोगका कर्मचारी, परीक्षक तथा संपरीक्षकहरु संलग्न रहेको संकलित प्रमाणहरुबाट पुष्टि हुन आयो ।

यसर्थ, त्रि.वि. सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मा, सदस्य चिन्तामणी पोखरेल, आयोगको कार्यालयका प्रशासन प्रमुख परशुराम कोईराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी ईन्दिरा तिवारी भन्तना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सहप्राध्यापक राजेश्वर न्यौपाने, सहप्राध्यापक तारा प्रकाश पौडेल र राम बहादुर पाण्डे क्षत्री गरी दश जनाले पदीय मर्यादा अनुरुप आफूले पूरा गर्नुपर्ने दायित्व पूरा नगरी उक्त पदहरुको लिखित परीक्षाको परिणाममा फेरबदल गरे गराएको देखिन आएको र निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ को कसूर अपराध हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ बमोजिम सजायँ हुन मागदावी लिने र त्रि.वि. सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मा, सदस्य चिन्तामणी पोखरेल, आयोगको कार्यालयका प्रशासन प्रमुख परशुराम कोइराला, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल र प्राध्यापक गोविन्द ढकाललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ बमोजिम थप सजायँको समेत मागदावी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्राज्ञिक क्षेत्रमा आपराधिक मनोवृत्ति !
विश्वविद्यालयको जनशक्ति छनौट गर्ने परीक्षा निष्पक्ष र स्वतन्त्र हुनुपर्ने थियो । तर नातेदार र आसेपासेलाई नियुक्ति दिने मनोवृत्तिको विकास प्राज्ञिक संस्थामा कसरी भयो ? राजनीतिक आवरणमा हुने अपराधलाई लुकाउन सकिन्छ भन्ने आत्मविश्वासका कारण विभिन्न निकायमा अपराध बढिरहेको छ । जसलाई राजनीतिक संरक्षण समेत मिल्ने गरेको छ । सेवा आयोगमा समेत यस्तै मनोवृत्तिले काम गरेको देखिन्छ । वर्षाैसम्म मेहनत गरेर सेवा आयोगमार्फत सरकारी जागिर खाने तयारी गर्ने योग्य व्यक्तिका नम्बर घटाएर आसेपासेका नम्बर बढाउनु कुन हदसम्मको अपराध हो ? सरकारी सेवामा हुने यस्तोखाले अनियमितता र अपराधले सरकारी संयन्त्रलाई ऐना देखाएको छ ।