अस्ट्रेलियामा कामदारको तलब बढ्यो


काठमाडौं – अस्ट्रेलियामा कामदारको पारिश्रमिक बढेको छ ।
अस्ट्रेलियाको ‘फेयर वर्क कमिसन’ले जुलाई १ बाट लागु हुने गरी देशको न्यूनतम पारिश्रमिक ३ प्रतिशतले वृद्धि गरेपछि लाखौं अस्ट्रेलियन कामदार लाभान्वित हुने भएका छन् ।

नयाँ वृद्धि पछि अब अस्ट्रेलियाली श्रमिकको साप्ताहिक पारिश्रमिक ७४०.८० डलर अर्थात घण्टाको पारिश्रमिक १९.४९ डलर बनेको छ । अब त्यहाँका कामदारले साप्ताहिक २१.६ डलर बढी कमाउनेछन् ।

तर यस वर्ष न्यूनतम ज्पारिश्रमिकमा भएको वृद्धि दर अघिल्लो वर्ष भएको वृद्धि दरभन्दा थोरै हो । अघिल्लो वर्ष ‘फेयर वर्क कमिसन’ले राष्ट्रिय न्यूनतम पारिश्रमिकमा ३.५ प्रतिशत वृद्धि गराएको थियो । वर्तमान आर्थिक अवस्था सकारात्मक नरहेकाले वृद्धि थोरै गरिएको कमिसनले बताएको छ ।

यसअघि अष्ट्रेलियाको ट्रेड युनियनले न्युनतम पारिश्रमिकमा ६ प्रतिशतको वृद्धि माग गरेको थियो । माग गरेजति वृद्धि नभएको भन्दै कयैन श्रमिकले समाजिक संजालमा असन्तुष्टि व्यक्त गरेका छन् ।

अष्ट्रेलियामा नेपाली आप्रवासीको ठूलो संख्या रहेको र तिनको उलेखनीय संख्या श्रम क्षेत्रमा रहेकाले यस वृद्धिले नेपाली आप्रवासीको आयमा पनि सघाउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement