काठमाडौं – भारतबाट भित्रिने विषादीयुक्त तरकारीको चेकजाँच थालेकामा सबैतिरबाट प्रशंसा भइहरेका बेला सरकारले आफ्नो उक्त निर्णय परिवर्तन गरेको छ ।
भारतीय दबाबमा सरकारले तरकारी तथा फलफूलमा रहेको विषादी जाँच गर्ने निर्णयबाट पछि हटेको हो ।
प्रधानमन्त्री केपी ओलीले बिहीबारको मन्त्रिपरिषद बैठकमा सो सम्बन्धी ठाडो प्रस्ताव लगेका थिए । नेपालस्थित भारतीय दूतावासले बुधबार पत्राचारमार्फत सरकारलाई नाकामा तरकारी तथा फलफूलमा चेकिङ नगर्न दबाब दिएको थियो ।
स्रोतका अनुसार बिहीबारको मन्त्रिपरिषद बैठकले विषादी चेकजाँच नगर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णयसँगै भारतीय तरकारी तथा फलफूलको विषादी चेक नगर्न भन्सार विभागले पत्राचार गरिसकेको छ ।
गत १० को मन्त्रिपरिषद् बैठकले भारतबाट आउने तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा २ असारदेखि भारतीय तरकारीमा जेकजाँच थालिएको थियो । बजारमा आउने तरकारी तथा फलफुल ४० प्रतिशत भारतबाटै ल्याइन्छ ।




प्रतिक्रिया