एसईई पुरक परीक्षाको तालिका परिवर्तन, भदौ १ देखि देखि सञ्चालन हुने

एसईई पुरक परीक्षाको तालिका परिवर्तन, भदौ १ देखि देखि सञ्चालन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय परिक्षा बोर्ड, माध्यमिक शिक्षा परीक्षा एसईईको ग्रेडवृद्धि परीक्षाको तालिका परिवर्तन भएको छ ।

यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा आउँदो भदौ १ गतेदेखि ११ गतेसम्म हुने परीक्षा बोर्डले जनाएको छ । बोर्डले एक सूचना जारी गर्दै भदौ १ गतेदेखि परीक्षा हुने जनाएको हो ।

२०७५ साल चैत महिनामा भएको कक्षा १० को परीक्षामा नियमित समूहबाट परीक्षा दिएर सी वा सी भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेड वृद्धिको लागि परीक्षामा सहभागी हुन सक्नेछन् ।

तर दुई विषय भन्दा बढी विषयमा अनुपस्थित रहेका वा ग्रेड उल्लेख नभएका विद्यार्थी भने यो परीक्षामा सहभागी हुन नपाउने सूचनामा उल्लेख छ ।

भदौ १ गतेदेखि हुने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ ।