भोलिसम्म उपत्यकामा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

भोलिसम्म उपत्यकामा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आज (आइतबार) देशैभरको मनसुन थप सक्रिय भएकाले काठमाडौं उपत्यकामा भोलिसम्म बाढीको खतरा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले वाग्मती नदीको जलाधार क्षेत्रमा समेत वहाव बढ्ने र काठमाडौं उपत्यका क्षेत्रमा शाखा नदीहरुले साँझपछि सतर्कता तह पार गर्न सक्ने जनाएको छ ।

आगामी तीन दिन प्रमुख नदीहरु कोशी, गण्डकी र कर्णालीमा वहाव सतर्कता तह भन्दा तलै रहने महाशाखाले जनाएको छ ।

बाँकी मझौला तथा स–साना नदीहरुमा सतर्कता अपनाउनुपर्ने समेत महाशाखाले जनाएको छ । आज राति पछि स–साना खोलानालाहरुमा बाढी आउने सम्भावना रहेको भन्दै खोलानाला आसपासमा बसोवास गर्ने आम सर्वसाधारणमा सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ ।