देशभरका खोलानालामा आकस्मिक बाढी आउने, सतर्क रहन आग्रह

देशभरका खोलानालामा आकस्मिक बाढी आउने, सतर्क रहन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आज (मंगलबार) देशभरका खोलानालाहरुमा बाढी आउने नेपाल बाढी महाशाखाले जनाएको छ ।
महाशाखाले एक सूचना जारी गर्दै आज देशैभरीका नदीनालाहरुमा पानीको बहाब बढ्दो क्रममा रहने सूचनामा उल्लेख गरिएको छ ।

महाशाखाले कन्काई, बबई नदी तटीय क्षेत्रमा आकस्मिक बहाबको सम्भावना रहेको भन्दै सर्तकता अपनाउन आग्रह गरिएको छ ।

आज त्यस्तै, सिन्धुपाल्चोक, गोरखा र सन्यान र यी जिल्ला आसपासका जिल्लाहरुबाट बहने स–साना खोलानालाहरुमा ठूलो वर्षासहित आकस्मिक बहाब हुन सक्ने जनाइएको छ ।

यसैगरी, भोलि प्रदेश २को समग्र चुरे क्षेत्रमा आकस्मिक बहाबको सम्भाबना रहेको सूचनामा जानकारी गराइएको छ । त्यस्तै, पर्सि कन्काई, कोसी, कमला, बागमती र नारायणी नदीहरु र आसपासका सबै स–साना खोलानालाहरुमा भारी वर्षासँगै बहाबले सर्तकता तह पार गर्न सक्ने सम्भावना रहेको छ ।