दार्चुला – दार्चुलाको खलंगा बजारमा एक युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
महाकाली नगरपालिका–४ स्थित खलंगा बजारमा रहेको विष्ट बियर बारको एक कोठामा शैल्यशिखर नगरपालिकका २८ वर्षीय महादेव डागा र मालिकार्जुन–४ औतालेककी करिब २२ वर्षीया मनिषा रावल पंखामा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
उनीहरुले सोमवार राति ८ बजे खाना खाएर बिहान चाँडै उठाइदिनु भनेर कोठामा गएको होटल सञ्चालिका जानकी विष्टले बताइन् । उनले भनिन, ‘बिहानै उठाउन जाँदा ढोका खोलेनन, झेन्टिलेसनबाट हेर्दा झुण्डिएको देखिएपछि प्रहरीलाई खबर गरेँ ।’
घटनाको जानकारी पाउने बित्तिकै घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी दीपेन्द्र शाहीले घटनास्थलको अध्ययनपछि आफन्तलाई खबर गर्ने र पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेकाे जानकारी दिए । दुई महिना अघि विवाह भएकी मनिषा र महादेव नाताले दाजु बहिनी पर्ने स्थानियले बताएका छन् ।




प्रतिक्रिया