काठमाडौं – राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमबीच महानिर्देशक काफ्लेले प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्यलाई पनि राष्ट्रिय परिचयपत्र प्रदान गरेका हुन् ।
गत मंसिर ३ गते पाँचथरको फिदिम नगरपालिका स्थित शान्तिपुरकी १०१ वर्षीया भगवती भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय परिचयपत्र वितरणको सुरूआत गरेका थिए ।




प्रतिक्रिया