भोजपुर – नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ताले चलाएको गोली लागेर भोजपुरमा एक प्रहरीको मृत्यु भएको छ ।
ड्युटीमा रहेका प्रहरीमाथि बिहान ८ बजेर ३० मिनेटतिर आक्रमण हुँदा प्रहरी जवान सन्जीव राईको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरीले सो आक्रमणको प्रतिकार गर्दा विप्लवका एक जना कार्यकर्ता पनि मारिएको प्रहरीले दाबी गरेको छ ।
मृत्यु भएका व्यक्ति नीरकुमार राई विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज रहेको प्रहरीको भनाइ छ ।
उनको साथबाट प्रहरीले पेस्तोलसमेत बरामद गरेको छ । प्रहरीमाथि आक्रमण भएपछि अहिले त्यहाँको सुरक्षा कडा पारिएको छ । प्रदेश नम्बर १ प्रहरीले थप मद्दतका लागि टोली पठाएको छ ।




प्रतिक्रिया